FAQs Complain Problems

समृद्द पुतलीबजार सुखी नगरवासी धारणालाई साकार पार्न वडा विकास कार्यक्रम सम्पन्न |

संगठन बचत र सिप विकासको  मूल मन्त्र बोकेको वडा विकास कार्यक्रम मिति २०७५ फाल्गुन २५ गते वडा न ११ बाट सुरु भइ मिति २०७६ वैशाख १४ गते वडा न १ मा समापन  भएको हो | यस कार्यक्रम अन्तर्गत हरेक  वडामा सम्बन्धित वडामा गठन भएका  टोल विकास संस्थाहरुका अध्यक्ष र सचिव, जनप्रतिनिधि तथा वडाका कर्मचारी हरुलाई ३ दिने अभिमुखीकरण तालिम दिईएको हो | पुतलीबजार नगरपालिका नगर कार्यपालिकाका प्रशासन ,योजना तथा अनुगमन अधिकृत ताराचन्द्र ढकाल , प्रशासकीय अधिकृत कपिल गिरि ,राजस्व शाखा प्रमुख सिर्जना घिमिरे , वरिष्ठ समाज परिचालक डोलराज ढकाल तथा विश्व पौडेलले प्रशिक्षकको भूमिका निर्वाहा गर्नु भएको थियो भने व्यवस्थापन राजेश पुरीले गर्नु भएको थियो |