FAQs Complain Problems

डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टे वास स्थान खोजि लार्भा नष्ट गर्ने अभियान संचालन तथा अभिमुखिकरण कार्यक्रम

मिति  २०७६ जेष्ठ २८ गते का. व नगर प्रमुख महेश पुरीको अध्यक्षतामा पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सभा हलमा १ दिने डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टे वास स्थान खोजि लार्भा नष्ट गर्ने अभियान संचालन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा भयाक्टर कन्ट्रिल निरिक्षक याम बराल ज्युले कार्यपत्र  प्रस्तुत गर्दै डेंगु रोग के हो ? र यसका लक्षन र बाच्ने उपाय बारे बताउनु भयो ।उक्त अभिमुखीकरण कार्यक्रममा वडा न १,२,३,४ र १० का मुख्य बजारका टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधी स्वास्थ्य स्वयम सेविका ,पत्रकार , सामुदायिक प्रहरी , शाखागत कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै का.व नगर प्रमुख महेश पुरीले लामखुट्टेले टोकी विरामी हुनुभन्दा लामखुट्टे लाग्नै नदिने कार्य गर्न जोड दिनु भयो । साथै लामखुट्टे वस्ने वासस्थान खोजी नस्ट गर्नको लागि विभिन्न ६ वटा टोलि गठन गरि उक्त टोलीले वजारका मुख्य मुख्य स्थानमा लामखुट्टे वस्न सक्ने स्थानको खोजि गरि नष्ट गर्नका साथै जनचेतना अभिव्रिड्डी समेत गरिने छ |