FAQs Complain Problems

पुतलीबजार नगरपालिका, स्याङ्गजाको घर/भवन निर्माणको सम्पन्न लिने सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना |

सूचना ! सूचना !! सूचना !!!

पुतलीबजार नगरपालिका, स्याङ्गजाको घर/भवन निर्माणको सम्पन्न लिने सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना |

            मिति २०७४/०६/२९ गते देखि प्रारम्भ भएको स्थानीय सरकार संचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ०७४ को दफा ४२(१) मा नक्सा पास सम्बन्धी विशेष व्यवस्था गरेको छ | यस दफामा यो ऐन प्रारम्भ हुनु अघि तत्काल प्रचलित कानुन बमोजिम नक्सा पास गर्नु पर्नेमा नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृत वेगर हेरफेर गरी बनाएको भवनको हकमा भवन निर्माण सम्बन्धी मापदण्ड र संहिता पालना गर्नु भएको छ भने तपाइँहरुलाई आ-आफ्ना कागज प्रमाण सहित ३५ दिन भित्रमा (२०७४/०८/०१ देखि २०७४/०९/०५ सम्म) मा यस पुतलीबजार नगरपालिकामा निवेदन दिनुहुन यो अत्यन्त जरुरी एवं विशेष व्यवस्था अनुसार अन्तिम अवसर प्रदान गरिएको छ | म्याद भित्र परेका निवेदनको प्रत्येकको स्थलगत रुपमा प्राविधिक जाँचबुझ गर्ने, साँध संधियार बुझ्ने, भवन निर्माण मापदण्ड र संहिता पालना भए नभएको भन्ने सम्बन्धमा एकिन गर्ने | सबै तोके बमोजिम भवन निर्माण संहिता र बाटो सहितको मापदण्ड पालना भएको एकिन भएमा (समितिको ठहर भएमा ) नक्सा पास गर्ने वा स्वीकृत नक्सा हेरफेर जे गर्नु पर्ने हो? सो गरेबापत तेब्बर दस्तुर लिई सो सुबिधा/सेवा दिने व्यवस्था भएको छ | यो अवसर/ सुविधा अपार्टमेन्ट, हाउजिङ, होटल तथा अन्य व्यवसायिक भवनको हकमा लागु हुने छैन | व्यक्तिको आवासीय भवनको हकमा केन्द्रित हुने व्यहोरा समेत यसै सार्वजनिक सूचना मार्फत अनुरोध गर्दछु |

...............................

प्रमुख प्रशासकीय अधिकृत

 

कागजात डाउनलोड: