FAQs Complain Problems

COPOMIS SOFTWARE सम्बन्धी तालिम सम्पन्न ।

COPOMIS TRAINING

पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्यांग्जा सहकारी शाखाको आयोजनामा पुतलीबजार नगरपालिकाको कार्यक्षेत्र भित्र रहेका विभिन्न प्रकृतिका सहाकारी संस्थाहरुको व्यवस्थापनका लागि सहारी समबन्धी २ दिने copomis software सम्बन्धी तालिम मिति २०७६/०२/२६ गतेका दिन सुरु भई मिति २०७६/०२/२७ गतेको दिन सम्पन्न भएको  हो ।

पु.ब.न.पा को कार्यक्षेत्र भित्र रहेका विभिन्न प्रक्रितिका कुल ७१ वटा सहकारी संस्थालाई सहभागी गराईने कार्यक्रम अनुशार सुरुको दिनमा ३३ वटा र दोस्रो दिनमा २२ वटा गरि जम्मा ५५ वटा सहकारी व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन पुतलीबजार नगरपालिकाको सभा हलमा का.ब नगर प्रमुख महेश पुरी ज्युले व्यानर पढेर गर्नु भएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य माथि पु .ब.न.पा का प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर मल्लले प्रकाश पार्नु भएको थियो ।

उक्त तालिमको समापन कार्यक्रम पु.ब.न.पा का प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पु ब न पा आर्थिक विकास समितिका संयोजक बावुकाजी जी.टि ले यस्ता तालिम कार्यक्रमबाट सहकारी संस्थाहरुको कार्यसंचालनमा बढी प्रभावकारिता रहने कुरा बताउनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत ज्युले सहकारी संस्थाहरुको क्षमता विकास गर्नको लागि यस कार्यालय लागि परेको र आगामी दिनमा पनि थप प्रभावकारी रुपले अगाडी बढ्ने जानकारी गराउनुभएको थियो ।

दुइ दिन सम्म छुट्टा छुट्टै रुपमा संचालन गरिएको सो कार्यक्रमको उद्घाटन मन्तव्यमा का.व नगर प्रमुख श्री महेश पुरी ज्युले सहकारी संघ संस्था हरुलाई यस तालिम बाट कार्यप्रगतिमा सहज हुने कुरा बताउनु भएको थियो भने उद्घाटन तथा समापन काय्रक्रमको संचालन आर्थिक विकास शाखाका प्रमुख श्री विष्णु प्रसाद ढकालले गर्नुभएको थियो ।

 

डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टे वास स्थान खोजि लार्भा नष्ट गर्ने अभियान संचलान तथा अभिमुखिकरण कार्यक्रम

मिति  २०७६ जेष्ठ २८ गते का. व नगर प्रमुख महेश पुरीको अध्यक्षतामा पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सभा हलमा १ दिने डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टे वास स्थान खोजि लार्भा नष्ट गर्ने अभियान संचलान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा भयाक्टर कन्ट्रिल निरिक्षक याम बराल ज्युले कार्यपत्र  प्रस्तुत गर्दै डेंगु रोग के हो ? र यसका लक्षन र बाच्ने उपाय बारे बताउनु भयो ।उक्त अभिमुखीकरण कार्यक्रममा वडा न १,२,३,४ र १० का मुख्य बजारका टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधी स्वास्थ्य स्वयम सेविका ,पत्रकार , सामुदायिक प्रहरी , शाखागत कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै का.व नगर प्रमुख महेश पुरीले लामखुट्टेले टोकी विरामी हुनुभन्दा लामखुट्टे लाग्नै नदिने कार्य गर्न जोड दिनु भयो । साथै लामखुट्टे वस्ने वासस्थान खोजी नस्ट गर्नको लागि विभिन्न ६ वटा टोलि गठन गरि उक्त टोलीले वजारका मुख्य मुख्य स्थानमा लामखुट्टे वस्न सक्ने स्थानको खोजि गरि नष्ट गर्नका साथै जनचेतना अभिव्रिड्डी समेत गरिने छ |