FAQs Complain Problems

राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

" मानव केन्द्रित पुर्नलाभका लागि साक्षरता : प्रविधि प्रयोगको असमानतामा न्यूनता ।" भन्ने मूल नाराका साथ आज मिति २०७८/०५/२३ (sept 8 ) गते पुतलीबजार नगरपालिकाको सभा हलमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस- २०७८ को अवसरमा " समृद्द समाज निर्माणका लागी शिक्षामा मेरो भूमिका "भन्ने शिर्षकमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी प्रथम द्वित्तीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार तथा सहाभागिता जनाउने सम्पूर्ण विद्यार्थीहरुलाई प्रशंसा पत्र वितरण गरिएको छ ।प्रतियोगितामा श्री रजस्थल मा वि का विप्लव ढकाल प्रथम , श्री कोल्मा वराहचौंर मा वि का स्वस्तिका गुरुङ द्वितीय, श्री त्रिभुवन आदर्श मा वि का विपना शर्मा तृतीय र श्री रोशनी अंग्रेजी मा वि का परिवेश मरासिनीले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको थियो ।