FAQs Complain Problems

समाचार

व्यवसायिक तालिमको लागि फाराम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना !

पुतलीबजार नगरपालिका तथा CTEVT वाट अनुमति प्राप्त आधिखोला बहुप्राविधिक शिक्षालयको आयोजना तथा व्यवस्थापनमा निम्न बमोजिम छोटो अवधिका तालिम निकट भविष्यमा नै संचालन हुन गइरहेकोले सीप हासिल गरी स्वरोजगार बन्न चाहानु हुने सम्पूर्ण नगरवासी दाजुभाई तथा दिदि बहिनिहरुले नगर कार्यपालिकाको  कार्यालयमा सम्पर्क राखी आवेदन फाराम भर्नु हुन अनुरोध गरिन्छ |

क ) तालिम संचालन हुने विषयहरु :

  • हाउस वायारिङ्ग
  • ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता
  • बेमौसमी तरकारी उत्पादन
  • कम्प्युटर हार्डवयर टेक्निसियन
  • व्युटिसियन
  • बार्वर (कपाल काट्ने )

ख ) तालिम अवधि : ६५ दिन

ग ) सहभागी संख्या : प्रत्यक विषयमा २०/२० जनाको दरले

घ ) आवश्यक कागजातहरु :

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • पासपोर्ट साइजको फोटो ३ प्रति
  • शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

ङ) आवेदन फाराम भर्ने अन्तिम मिति : २०७५ चैत्र २५ गते सम्म |

 

विस्तृत जानकारीको लागि पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्नुहोला |