FAQs Complain Problems

संक्षिप्त परिचय

तिहास विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरुको कथन समेतको आधारमा स्याड्जा जिल्लालाई प्राग: ऐतिहासिक कालमा भृगु ऋषिको तपस्या स्थल ( हालको चण्डीभञ्ज्याङ्ग गाविसको भृगुतुम), श्रवण कुमार र अन्धाअन्धीको किंवदन्तीसंग जोडिएको आँधिखोलाको उदगमस्थल अन्धाअन्धि दह र स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलक स्वरुप लिन सकिन्छ । प्राचिन कालमा हालको स्याङ्जा जिल्लाको भूबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मीक नदी कालीगण्डकी किनारका सेतीवेणी, रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट, छाँया क्षेत्र हुदैं उत्तर पंचासे धाम ( बालाचतुर्दशीको दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यि स्याङ्जा जिल्लाले, नेपाल एकिकरण पूर्व २४ से राज्य अन्तर्गत ६ टुक्रे रजौटाहरु गहौं, भिरकोट, सतौं, नुवाकोट, ढोर र पैंयुले आफ्नो ऐतिसासिक पहिचानबोकेको छ । ढोर र पैंयुको धेरै जसो भाग क्रमश: तनहुँ र परवतमा विलय भएपछि बाँकी ४ रजौटाहरुले नै आधुनीक स्याङ्जा जिल्लाको पहिचान बोकेको छ । जिल्ला नामाकण यस जिल्लाको नाम स्याङ्जा रहनुमा विभिन्न कथनहरु पाइएका छन् । तिनहरुमा निम्न कथनहरु प्रमुख छन् । १. अठारौ शताब्दी तिर आंधीखोला उर्लदै बढेर आए पछि ठेलीएछ । यसरी ठेलीएको देखेपछि मानिसहरुमा हाहाकार मच्चिन थाल्यो । एक जना सज्जन बृद्वले भगवानलाई पुकार्दै खोलो “स्यांइय जा” भन्ने कामना गरेछन् । बृद्वको कामना सँगै ठेलिएको खोलो स्यांइय खुलेर गए पछि “ स्याँइय जा” को अपभ्रंस भएर स्याङ्जा हुन गएको हो भनाई रहेको छ । २. एकीकरण पूर्ब सेन बंशिय चौबीसे राज्य अन्तर्गत सतौ, गहौ, नुवाकोट र भीरकोट राज्यमा बिभक्त भै “ सेन जा “ भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको हो भन्ने भनाई पाइन्छ । ३. यस जिल्लामा सिंजाली मगरहरुको ठूलो बस्ती भएकोले उनीहरकै थरबाट अपभ्रंस भएर यस जिल्लाको नाम स्याङ्जा हुन गएको हो भन्ने भनाई पनि छ । यी कथनहरुको आधारमा हाल जिल्ला सदरमुकाम रहेको स्थानको नाम स्याङ्जा रहन गएको र तत्कालिन अवस्थामा यो ठाउँ जिल्लाको प्रमुख ब्यापारिक केन्द्र हुनुको साथै पर्वत, बाग्लुङ, म्याग्दी मुस्ताङ र तनहुँ जिल्लाको प्रमुख ब्यापारीक नाकाको रुपमा पनी परिचित नाम भएकोले नै जिल्लाको नाम पनि स्याङ्जा नामाकरण गरिएको अनुमान गर्न सकिन्छ । जनसंख्या राष्ट्रिय जनगणना २०५८ अनुसार स्याङ्जा जिल्लाको कूल जनसंख्या ३,१७,२११ जना मध्ये पुरुष १,४३,५९२ जना र महिला १,६३,६१४ रहेका छन् । जिल्लाभरी ५९,१८६ घर तथा ६४,८८८ परिवार रहेका र ब्राह्रमण ३२.९%, मगर २१.२%, क्षेत्री ११.२%, गुरुङ् १०%, कामी ६.५%, सार्की ३.२%, दमैं ३.२%, नेवार २.९%, ठकूरी २.७%, र्घर्ति २.२ %, सन्यासी ०.७ %, मुस्लिम ०.६ %, कूमाल ०.३ % र अन्य २.४ % मा विभाजित रहेका छन् । यी विभिन्न जातजातिहरु परापूर्वकालदेखि नै आपसी सौहादर्रता र मित्रता कायम राखि बसोबास गरेका र जातिय विविधता अगाल्दै नेपाली भाषा प्रायः सबैले बुझ्ने गर्दछन् ।