FAQs Complain Problems

अन्तिम लेखा परिक्षण सम्बन्धि ७ दिने सूचना

पुतलीबजार नगरपालिका कार्यालयको आर्थिक बर्ष ०७१÷०७२ को स्वीकृत कार्यक्रम तथा बजेट बमोजिमको सम्पूर्ण आय व्ययसंग सम्बन्धित आर्थिक विवरणहरुको अन्तिम लेखापरीक्षण  गर्न  आर्थिक बर्ष ०७२÷०७३ को लागि यस नगरपालिका कार्यालयमा मौजुदा सूचीमा दर्ता भएको उर्पयुक्त वर्ग ख र ग का  नेपाल चाटर्ड एकाउन्टेन्टस संस्थामा दर्ता भई सूचिकृत भएका लेखापरीक्षकहरुबाट गराउनु पर्ने भएको हुँदा “ख” र “ग” वर्गको   ईजाजत प्राप्त ईच्छुक वर्गीकृत लेखापरीक्षकले लेखापरीक्षण पारिश्रमिक शुल्क वापत अधिकतम रु. १०००००।– (अक्षरुपी एक लाख) मा नबढ्ने गरि निम्न शर्तहरुको अधिनमा रही रीतपूर्वकको शिलबन्दी दरभाउपत्र (आर्थिक प्रस्ताव) पेश गर्न यो सूचना मार्फत आव्हान गरिएको छ ।

दरखास्त साथ संलग्न हुनु पर्ने आवश्यक कागजातहरु ः–
क)    यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ औं दिनसम्म रु.३००।– (तिन सय मात्र) पछि फिर्ता नहुने गरि यस कार्यालयमा नगदै दाखिला गरी सोको रसिद सहित ईजाजत पत्र, आयकर दर्ता तथा नविकरण दर्ता भएको प्रमाण पत्र, प्यानमा दर्ता भएको प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र, वहाल वाला कर्मचारी भए विभागिय स्वीकृतीको प्रतिलिपी संलग्न राखी, यस पुतली बजार न.पा. क्षेत्रभित्रको ठेगाना भएका लेखापरिक्षण वा फर्म भए न.पा.मा दर्ता भएको प्रमाण समेत संलग्न राखी यस कार्यालयबाट कार्यालय समयभित्र  दरभाउपत्र फाराम खरिद गर्न सकिने छ ।
 
ख)   खरिद सिलबन्दी दरभाउपत्र ( आर्थिक प्रस्ताव) प्रथम पटक सूचना प्रकााशित भएको मितिले  
      ८ औ दिनको १२ः०० बजेभित्र यस कार्यालयमा पेश गर्नुपर्ने छ । सोही दिनको १४ ः००  
      बजे पेश हुन आएको शीलबन्दी दरभाउ पत्र विभिन्न कार्यालयका प्रतिनिधिीहरु र प्रस्ताव दाता
      वा निजको प्रतिनिधीको रोहवरमा खोलिने छ । प्रस्तावदाता वा निजका   प्रतिनिधी  नभएमा पनि  सिलबन्दी बोलपत्र खोल्न बाधा पर्ने छैन ।
ग)   फारम दाखिला गर्ने दिन बिदा परेमा उक्त कार्यहरु लगत्तै कार्यालय खुलेको दिन हुने छ ।        
घ)   रित नपुगी र म्याद नाघी प्राप्त भएका प्रस्तावहरु उपर कुनै कारबाही हुने छैन ।
ङ)  प्रस्ताव पत्र सम्बन्धी अन्य कुराहरुमा बुभ्mनु परेमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने छ ।

कागजात डाउनलोड: