FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो | २०५३ सालमा, साविकका  स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा  गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम  राज्यको पुन संरचनमा यस  पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

भौगोलिक अवस्थिति :   

पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला                        

पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका

 उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका       

दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका

जनसंख्या               

नयाँ संरचना अनुसार पुतली|बजार नगरपालिकामा ९९५५ घरधुरीमा ५६२६२  जनाको  बसोबास रहेको छ | (२०७५ साल मा पुतलीबजार नगरपालिकाद्वारा संचालित घरधुरी सर्वेक्षण अनुसार)

क्षेत्रफल         

नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४६.२१ वर्ग कि मिटर रहेको छ |

​पुतलीबजार नगरपालिकाको कुल जनसंख्या : ४४८७६

पुतलीबजार नगरपालिकाको कुल क्षेत्रफ़ल : १४६.२१ वर्ग कि.मी.

जम्मा वडा संख्या : १४